ग्रहशान्ति ( सामान्य ग्रहपूजा र जपपाठ मात्र )
पूजा सामग्री
१. टपरी ११
२. बोहोता १५
३. तिल, जौ, मौली धागो
४. जनै १५ लगाउने, सुपारी १५
५. मीठा पान २
६. रातो सेतो कपडा आधा मिटर , ग्रहलाई बुट्टे कपडा
८. कुश, धुप, बाती, तेल, कपुर
९. रेखीको पीठो, धान
१०. केसरी चन्दन, अबिर, सिन्दुर, अष्टगन्ध चन्दन, श्रीखण्ड चन्दन
१०. लाजा, सस्र्यूँ, पञ्चरत्न, सप्तमृत्तिका, सर्वौषधि
११. विभिन्न जातको फूल, माला २, दूवो, आँप वर पीपलको पात
१२. सुकेको नरिवल २ पानी १
१३. ग्रहलाई छाता जुत्ता, गञ्जी धोती आदि गच्छेअनुसार एकैमात्र भएपनि
१४. ग्रहदानको सामग्री लेखेको भए सोही अनुरूप मात्र ग्रहअनुसार
१५. तोरीको तेल, तिल, कालो कपडा (टोपी, मोजा) कालो मास, चक्कु आदि
घरमा ठीक पार्ने
पूजा थाली १, कर्मपात्र १, पञ्चपात्र, आचमनी, अर्घ, करुवा, पानी चलाउने जग बाल्टी आदि, धुपौरो , दीयो १, कलश १, शंख घण्ट
पञ्चामृत (दुध, दही घिउ, मह, सखर) नैवेद्य ( सेल, पुरी, हलुवा आदि प्रचलनअनुसार) फलफूल खुद्रा पैसा, सिक्का, गोबर गहुँत आदित्यादि ।
पूर्णपात्र १
सीधाको सामाग्री १ भाग