कन्या विवाह सामाग्री मातृका पूजासहित
पूजा सामग्री
१. टपरी ८०
२. बोहोता ११०, दुना ५०
३. तिल १ केजी जौ आधा केजी
४. जनै ३० लगाउने, सुपारी एक पाउ सानो खाले , मौली धागो
५. मीठा पान ३, घिउ आधा केजी
६. रातो सेतो पहेँलो कपडा ३ मिटर
८. कुश ठूलो मुठो, धुप, बाती, तेल, कपुर,
९. रेखीको पीठो आधा केजी, धान २ केजी
१०. केसरी २ , अबिर ४, सिन्दुर, अष्टगन्ध चन्दन, श्रीखण्ड चन्दन
१०. लाजा एक पाव, सस्र्यूँ, पञ्चरत्न, सप्तमृत्तिका, सर्वौषधि, पञ्चवल्लव
११. विभिन्न जातको फूल, माला ७, दूवो, आँप वर पीपलको पात,
१२. सुकेको नरिवल ५ पानी नरिवल २, हवन सामाग्री,
१३. मातृकालाई सौभाग्य (चुरा टीका, पोते, गाजल, ऐना, पफ्र्यूम, तेल, सारी चोलो, छाता जुत्ता आदि )
१४. ब्राह्मण वरण सामाग्री ( गुरूअनुसार लगाउने वस्त्र धोति, टोपी, गञ्जी, कुर्ता, आचमनी पञ्चपात्र, माला आदि गच्छेअनुसार, ऐच्छिक)
१६.
१७. तोरण डोरी ५ मुठा, चँदुवा
१८. समिधा दाउरा ५ मुठा या फर्निचरबाट २० केजी
१९. ठेकी, पेरुङ्गो, माछा, उखु टुप्पो भएको
२०. काठको पीरा १ सादा
२१. वरणी ठहर १, सजाएकाे नरिवल १ वरणीलाइ
२२. लगनगाँठाेकाे कपडा सिन्दुरे कपडा
२३. लाजा भुट्ने कपडा
२४. गाेडा धुने गाग्री खड्कुलाे करूवा
२५. खड्कुलाेमा राख्ने सजाएकाे काठ, वरणीकाे सजाएकाे पीरा
२६. वरमाला दुवाेकाे १ रजनीगन्ध्ा वा गुलाव वा अन्य कुनै २
२७. सम्धी बुढासम्धीलाइ दाेसल्ला,माला टाेपी गहना अादि
२८.वरणीमा ज्वाइलाइ सामान्य चपल, धाेती माला टाेपी दक्षिणा अादि
२९. कन्यादानलाइ सानाे शंख
३०. माहुरे थाल र कचाैरा
३१. सजाएकाे नाङ्ग्लाे, वरणीमा छेक्ने स्वस्तिक भएकाे कपडा
३२. बेहुलाबेहुलीलाइ नयाँ चकटी २, पञ्चपात्र अाचमनी १ सेट
जग्गे बनाउने सामान
लिङ्गा उखु, केरा, पैयुँ, बाँस, साल, समी, पलाँसका ५, जग्गे सजाउने फूल, कागज, लाजाको डोरी आँप वर पीपलको पात, इट्टा २० २५ ओटा, रातो माटो, गोबर ( पार्टी प्यालेसमा डेकाेरेसन गर्न लाएकाे भए जग्गेकाे सामान चाहिदैन )
घरमा ठीक पार्ने
पूजा थाली १, कर्मपात्र १, पञ्चपात्र, आचमनी, काँशका कचौराहरू, अर्घ, करुवा, पानी चलाउने जग बाल्टी आदि, धुपौरो , दीयो १, कलश ५ , शंख घण्ट,,
पञ्चामृत (दुध, दही घिउ, मह, सखर) नैवेद्य (सेल, पुरी, हलुवा आदि प्रचलनअनुसार) फलफूल
खुद्रा पैसा ५,१०,१५,२०,५०,१००,५००,१००० आदिको ठीक पार्ने , सिक्का २० ओटा जति ,
गोबर गहुँत आदित्यादि ।
पूर्णपात्र १
सीधाको सामाग्री १ भाग चामल, दाल, चिनी, मसला, घिउ, नुन, सब्जी, आलु, अचार, मह, तिल आदि खाने सामाग्री)
मातृका पूजाको दिन
सीधा ५ भाग चाहिन्छ । पानको पात ४ वटा
टुप्पाे भएकाे उखु, कसारको सबै सामान, सालको पात, सिन्का, ठेकी पेरुङ्गो, माछा पालुङ्गो आदि पनि यहि बेला चाहिने हो । (कतैकतै माछा र पेरुङ्गो चल्दैन,घरकाे चलनअनुसार गर्ने )